बुर्ज खलिफामा नेपाली झन्डा

युनाइटेड अरब इमिरेट्सका कयौँ आकर्षणमध्ये एक हो, दुबईमा रहेको बुर्जखालिफा । बुर्ज खालिफा यसकारण पनि चर्चित छ कि यो विश्वकै सबैभन्दा अग्लो टावर हो । 
यही टावरमा आज नेपालको झन्डा फहराएको छ । 

विशेष अवसरहरुमा यो टावरमा विभिन्न प्रतीकहरु राख्ने गरिन्छ । त्यही क्रममा नेपालको संविधान दिवसको अवसरमा आज साँझ त्यहाँ नेपालको झन्डा फहराइएको हो । 

एक मिनेट बुर्जको त्यो उज्यालोमा नेपालको झन्डा फहराउँदा वरपर निकै धेरै नेपालीहरु झुम्मिएका थिए । नेपाली दूतावासको अनुरोधमा यसो गरिएको हो । यसअघि गत वर्ष पनि बुर्ज खालिफामा नेपाली झन्डा फहराएको थियो ।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २३:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया