भारतमा ४२ लाखले जिते कोरोना

विश्वमा कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावितमध्ये दोस्रो देश हो, भारत । भारतमा अब ५३ लाखभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

भारतमा यीमध्ये ४२ लाख ३७ हजारले कोरोना जितेका छन् । 

विश्वमा सबैभन्दा धेरै कोरोना जित्ने देशको सूचीमा योसँगै भारत परेको छ । यसअघि अमेरिकामा ४१ लाखले कोरोना जितेका थिए । 

भारतमा योसँगै रिकभरी रेट ७९.२१ प्रतिशत भएको छ । यसको अर्थ हो, प्रत्येक १०० संक्रमितमा भारतमा ७९ जना ठिक भइसकेका छन् । अमेरिकामा यो दर ६०.५१ प्रतिशत मात्र रहेको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २३:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया