कोरोनाबाट नेपाली सेनाका जवानको मृत्यु

कोरोना संक्रमणबाट सुरक्षा निकायका एकजनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ‘ब्‍लड क्यान्सर’का बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको थियो । 

मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए । उनले भने, ‘हामीले पनि ढिलो गरी जानकारी पायौं । मृतक सैनिकमा पहिले नै ‘ब्‍लड क्यान्सर’ थियो । उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।’ सुरक्षा निकायमा कोरोनाबाट ज्यान जाने उनी पहिलो हुन् । 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १२:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया