बाँनियाको ‘महारानी’लाई  मदन पुरस्कार, ठटाललाई जगदम्बा–श्री

विसं २०७६ को  मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र  जगदम्बा–श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो । 

दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ । यसअघि गुठीले पुरस्कारका लागि प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानेको थियो ।

उत्कृष्ट सातको सूचीमा बाँनियको महारानीसँगै विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’, शारदा शर्माको ’यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ’मोहपथ’ पनि परेका थिए।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १६:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया