भारतमा थप ९२ हजार ६०५ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख

भारतमा एकै दिन कोरोनाबाट संक्रमित हुने ९२ हजार ६०५ पुगेका  छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले १ हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि १० लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।  भारतमा सङ्क्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना सङ्क्रमित भएका छन् ।

सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । त्यहाँ अहिले पनि ३ लाख  १  हजार २७३ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतीय मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म ६ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १७:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया