नेकपाका एक दर्जन युवा कांग्रेसमा प्रवेश

कैलालीको जानकी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दर्जन युवा कांग्रेसमा प्रवेश गरेका छन् । संविधान दिवसका अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

छैटौँ संविधान दिवसको अवसरमा नेपाल तरुण दल जानकी गाउँपालिका वडा नं ८ र ९ कार्य समितिले संयुक्त रुपमा  ‘समृद्धिका लागि आर्थिक क्रान्ति, आर्थिक क्रान्तिका लागि युवाहरु ‘ विषयक विचार गोष्ठी आयोजना गरेको थियो । 

कार्यक्रममा नेकपानिकट युवा संघका वडा संयोजक विक्रम थापालगायत दर्जनभन्दा बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाल विद्यार्थी संघ कैलालीले जनाएको छ ।

नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनसिंह राठोरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १८:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया