खेलग्राम निर्माणका लागि प्रस्ताव पेस गर्न मन्त्रालयको आह्वान

युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहलाई खेलग्राम निर्माणका प्रस्ताव पेस गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार सूचना निकाल्दै  चालु आर्थिक वर्ष २०७७\७८ का लागि ३० स्थानीय तहमा खेलग्राम निर्माण गर्न प्रस्ताव पेस गर्न आह्वान गरेको हो । 

‘एक स्थानिय तह एक खेलग्रामको रुपमा विकास गर्ने निर्णय अनुसार स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माणका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको मन्त्रालयले जनाएको छ । पहिलोपटक सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र मन्त्रालयको खेलकुद पुर्वाधार विकास शाखा तथा राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा प्रस्ताव पेस गर्न सकिने बताइएको छ । 

प्रस्तावमा फुटबल मैदान, क्रिकेट मैदान, भलिबल मैदान, कबर्ड हल, ट्रयाक एन्ड फिल्ड, बाकिङ रुट\फुट ट्रेल, स्वीमिङ्ग पुल, विचरण पार्क लगायत पूर्वाधार समेटिनु पर्ने मन्त्रालयले जनाएको छ । हाल ८४ स्थानीय तहमा खेलग्राम निर्माणको कार्य सुरु भइसकेको मन्त्रालयले जानकारी दिएको छ । 
 






  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १५:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया