इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको यो सिजनको पहिलो खेलमा  म्यानचेस्टरले विजयी सुरुवात गरेको हो । 

पहिलो खेलमा बुल्भ्सलाई म्यानचेस्टर सिटीले ३–१ ले पराजित  गरेको हो ।

सोमबार राति अवे मैदानमा भएको खेलमा सिटीले पहिलो गोलका लागि पेनाल्टीको सदुपयोग गरेको थियो । खेलको  २० औँ मिनेटमा पाएको पेनाल्टीलाई सिटीका केविन डी ब्रुयनाले गोलमा परिणत गरेका हुन् । 

पहिलो गोल भएको १२ मिनेटमै सिटीले अग्रता दोब्बर बनाएको थियो । खेलको ३२ औँ मिनेटमा फिल फोडिनले गोल गर्दै अग्रता दोब्बर बनाए । उनलाई रहीम स्ट्रर्लिङ्गले पास झिकिदिएका थिए । 

पहिलो हाफमै २–०ले पछि परेको  बुल्भ्सका लागि ७८ औँ मिनेटमा जिमिनेजले गोल फर्काए । लगातार दबाबमा राखेको सिटीले खेलको इन्जुरी समयमा अर्को गोल गर्‍यो । इन्जुरी समयमा डी ब्रुयनाको सहयोगमा ब्रिएल जिससले गोल गरेसँगै सिटीले ३–१ को जित निकालेको हो । 

पहिलो खेलमा विजयी भएको बुल्भ्स दोस्रो खेलमा पराजित भएको हो । गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । शेफिल्डको यो लगातार दोस्रो हार हो।
 





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार ६:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया