डा. केसीलाई एयपोर्टबाटै ट्रमा सेन्टर लगियो

डा. गोविन्द केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पतालमा अनशन बस्न नदिने भएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको छ । 

नौ दिनदेखि अनशनरत डा. केसी आफ्नो १९ औं अनशनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निरन्तरता दिने निर्णय गरेर मंगलबार दिउँसो नेपालगन्जबाट काठमाडौं फर्किएका थिए । तर, उनलाई प्रहरीले सिधैं एयपोर्टबाटै उठाएर ट्रमा सेन्टर  ल्याएको जानकारी उनका सहयोगी तथा सामाजिक अभियन्ता प्रितम सुवेदीले दिएका छन् ।

‘प्रहरीले उनलाई जबरजस्ती ट्रमा सेन्टरमा ल्याएको छ,’ सुवेदीले फरकधारलाई जानकारी गराए, ‘हामीलाई भित्र छिर्न पनि प्रहरीले निषेध गरेको छ ।’

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको राख्दै उनी ६ बुँदे मागसहित नौ दिनदेखि जुम्लामा अनशनरत थिए । सुरक्षा र अन्य केही कारणले आफ्नो सत्याग्रह काठमाडौंमै गर्ने निर्णय गरेर उनी सोमबार जुम्लाबाट नेपालगन्ज पुगेका थिए । डा. केसी मंगलबार दिउँसो काठमाडौं पुगेका थिए । 

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक, कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउनु पर्ने ६ बुँदे मागसहित आमरण अनशनमा छन् । यो उनको १९ औं सत्याग्रह हो ।



 



  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १४:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया