आइपिएलमा राजस्थान र चेन्नाई प्रतिस्पर्धा गर्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मङ्गलबार हुने खेलमा राजस्थान रोयल्स र चेन्नाइ सुपर किंग्सले एक अर्काको सामना गर्नेछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सारजाह क्रिकेट मैदानमा हुनेछ । 

महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा उत्रिने चेन्नाई आजको खेलमा जित निकाल्दै लगातार दोस्रो जित हात पार्ने दाउमा हुनेछ । उसले पहिलो खेलमा साबिक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

स्टिभ स्मिथको कप्तानीमा मैदानमा उत्रिने राजस्थानले आज पहिलो खेल खेल्दैछ । ऊ पनि यो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । 

यी दुई टोलीबीच हालसम्म २१ खेल हुँदा चेन्नाइले १४ तथा राजस्थानले ७ आफ्नो पक्षमा पारेका छन् ।

चेन्नाइको ओपनिङमा मुरली विजय तथा सेन वाटसन आउने सम्भावना छ । मध्य क्रम अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका अंबाती रायडु, फाफ डु प्लेसिस  कप्तान महेन्द्रसिंह धोनीले सम्हाल्ने छन् ।

चेन्नाइले अलराउन्डरका रूपमा साम करन, रविन्द्र जडेजा तथा केदार जादभलाई मौका दिन सक्छ । बलिङमा पीयूष चावला, दीपक चहर, लुङ्गी नेगिडीले मौका पाउने सम्भावना धेरै छ । 



राजस्थानको ओपनिङ रोविन उथाप्पा र यशस्वी जैसबालले गर्ने सम्भावना छ । मध्य क्रम कप्तान स्टिभ स्मिथ, डेभिड मिलर, रियना परागले सम्हाल्ने छन् ।

राजस्थानले अलराउन्डरका रूपमा टम करन, श्रेयस गोपाललाई मौका दिन सक्छ । बलिङमा जोफ्रा आर्चर, जयदेव उनाडकट, अंकती राजपुतले मौका पाउने सम्भावना छ । त्यस्तै आजको खेलमा राजस्थानले वरुन अरोन र कार्तिक त्यागीमध्ये एकलाई मौका दिन सक्छ ।



आजको खेलमा इङ्ग्लिस खेलाडी द्वय अलराउन्डर वेन स्टोक तथा विकेटकिपर ब्याट्म्यान जोस बटलर उपलब्ध हुने छैनन् । 

वेन स्टोक पारिवारिक कारणले हाल न्युजिल्यान्डमा रहेकाले उनले आइपिएल खेल्ने नखेल्ने कुनै टुङ्गो लागेको छैन । त्यस्तै अस्ट्रलेलियासँगको एकदिवसीय तथा टि– २० सिरिज खेलेर ढिला गरी युएई पुगेका बटलर हाल क्वारेन्टिनमा छन् । उनी अर्को खेलमा उपलब्ध हुनेछन् ।

  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १५:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया