\
स्वास्थ्य समस्या आएपछि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएका डा. गोविन्द केसी केही बेरमा डिस्चार्ज हुने भएका छन् । ट्रमा सेन्टरबाट उनले साँझ सवा ६ बजे स्वेच्छिक डिस्चार्ज लिन लागेका हुन् ।
जुम्लाबाट नेपालगन्ज हुँदै काठमाडौं आएका केसीले टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना हुन चाहे पनि प्रशासनले एम्बुलेन्समा हालेर ट्रमा सेन्टरमा पुर्याएको थियो ।
जुम्लामा अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगन्ज आएपछि भेरी अस्पतालमा उपचार गराएर काठमाडौं ल्याइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।