तोलामा १२ सयले घट्यो सुनको मूल्य


नेपाली बजारमा सुनको मूल्य बुधवार पनि ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । 

मूल्य घटेसँगै  छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलवार पनि सुनको मूल्यमा तोलामा १७ सय रुपैयाँले घटेकोे थियो । मंगलवार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


बुधवार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आइरहेकाले त्यसको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीको भनाइ छ ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १३:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया