कुलमानबारे सूर्य थापाको अभिव्यक्ति : ‘पाखे’ विवादित

प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाको एक अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा विवादित बनिरहेको छ । पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा थापाले कुलमान घिसिङलाई भगवान मान्नेहरू ‘पाखे’ हुन् भनेको सुनिन्छ । 

त्यो भिडियो सेयर गर्दै धेरैलाई प्रेस सल्लाहकार थापालाई गाली गरिरहेका छन् । धमलाले प्राइम टेलिभिजनका लागि थापासँग लिएको अन्तर्वार्ता मंगलबार प्रसारण भएको थियो । मंगलबार नै प्राइम टिभीको युट्युब च्यानलमा पनि अपलोड गरिएको थियो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने आफ्नो भनाइलाई गतल अर्थ लगाइएको जिकिर गरेका छन्। बुधबार दिउँसो ट्विट गर्दै थापाले आफूले ‘पाखे’ नभई ‘एकपाखे’ भनेको दावी गरेका छन् । 
‘मैले ‘पाखे’ भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ । थापाले भनेका छन् ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर  हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको भनेको हुँ’

यद्यपी थापा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको पुनर्नियुक्तिको माग गर्ने कुरामा असन्तुष्टि पोख्दै आएका छन् । केही दिन अधि नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानको पक्षमा अभिव्यक्ति दिएकोमा थापाले त्यसको चर्काे आलोचना गरेका थिए । 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १६:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया