तीन सातापछि भित्रन थाल्याे रसुवागढीबाट कन्टेनर

तीन साता देखि बन्द रहेको केरुङ रसुवागढी नाकाबाट बुधबार एक कन्टेनर सामान नेपाल भित्रिएको छ । निरन्तरको पहलपछि बुधबार दिउँसो एक कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।  

कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार एक कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको र बिहीबारदेखि मौसममा सुधार भए पहिलाजस्तै दैनिक ५ कन्टेनर सामान मितेरी पुलसम्म आउनेछ ।

 यसअघि तीन हप्ता पहिले एक जना नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चिनियाँ प्रशासनले केही दिनका लागि भन्दै नाका बन्द गरेको थियो । भन्सार कार्यालयका अनुसार केरुङ भन्सार कार्यालयले तीन साता बित्दा पनि विभिन्न बहाना बनाउँदै नाका खोल्न मानेको थिएन । यसै विषयमा मंगलबार परराष्ट्र मन्त्रालयमा छलफल समेत भएको थियो । 

रसुवागढी भन्सार कार्यालयका अनुसार माघ महिनाअघि नै अर्डर गरेको १५ देखि २० अर्ब बराबरको झण्डै २ हजार कन्टेनर सामान केरुङ पारी रोकिएको छ । उक्त सामान छिटोभन्दा छिटो नेपाल भित्र्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

साउनमा नाका खोल्दा पनि दैनिक चार वटा कन्टेनर मात्रै नेपाल आउन चिनियाँ पक्षले अनुमति दिएको थियो । जबकि, सामान्य अवस्थामा दैनिक ३० देखि ६० वटा कन्टेनर सामान दैनिक नेपाल आउने गर्थ्याे । 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १७:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया