स्याङ्जामा पहिरोका कारण १० जनाको मृत्यु
फाइल फोटो

पहिरोमा पुरिएर बिहीवार स्याङ्जामा १० जनाको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ को तमादी र कालीगण्डकी गाउँपालिका– ४ को गौतमटोलमा गरी १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । बिहान ६ बजे माया नेपालीको घरमाथिबाट पहिरो आई घर र गोठ पुरिँदा नौ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीय सानी नेपाली, ९ वर्षीय विवश नेपाली, १४ वर्षीय बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदीप नेपाली र ७ महिनाका एक बालक रहेका छन् । 

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले उद्दार गरेका थिए । गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा  पनि एक युवकको मृत्यु भएको छ ।

तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ४ गौतम टोलका १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको हो ।

गौतम टोलका मानबहादुर दमाईको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका विष्णु दमाईको पुरिएर मृत्यु भएको हो । 
 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १३:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया