पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु, ६ जना घाइते ​
फाइल तस्बिर

नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खस्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरोले बस सडकबाट खसेको हो। 

सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो। 

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । 

 जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नम्बरको बस पहिरोमा परेको हो । 

पहिरोले बस सडकबाट करिब ३० फिट तल खसेको थियो । बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । ​

दाउन्ने खण्डमा बिहीबार खसेको पहिरो पन्छाउन समय लाग्दा अझैसम्म राजमार्ग पूर्णरूपमा सञ्चालन हुनसकेको छैन । गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएको थियो । तर,  पुनः सोही स्थानमा पहिरो खसेको हो । 



मौसम सामान्य भएपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ ।  



  • प्रकाशित मिति : असोज ९, २०७७ शुक्रबार ९:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया