नेपालका १६ जिल्ला जहाँ कोरोनाका कारण मृत्यु भएको १० भन्दा बढीको

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको प्रभाव बढ्दै गएको छ । झन्डै ७० हजार नेपालीमा कोरोना संक्रमण अब पुष्टि भइसकेको छ । 

त्यस्तै, नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या पनि अब ४ सय २९ भन्दा बढी भएको छ ।

नेपालमा कोरोनाका कारण काठमाडौंमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोनाका कारण अहिलेसम्म काठमाडौंमा ८१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोरोना संक्रमित सबैभन्दा बढी भएको जिल्ला पनि काठमाडौं नै हो । काठमाडौंमा अहिलेसम्म १५ हजार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

धेरै कोरोना संक्रमितले ज्यान गुमाएको अर्को जिल्ला हो, पर्सा । 

पर्सामा २६८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ४५ जनाले त्यहाँ ज्यान गुमाइसकेका छन् । त्यस्तै, मोरङमा पनि २९ जनाले ज्यान गुमाइसकेका छन् । मोरङमा अहिलेसम्म २ हजार ९ सय २ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

रुपन्देहीमा पनि पछिल्लो समय कोरोनाको प्रभाव बढेको छ । २२६२ जनामा कोरोना संक्रमण पुष्टि भएको रुपन्देहीमा २० जनाले ज्यान गुमाइसकेका छन् । १० भन्दा बढी कोरोना संक्रमितको निधन भइसकेको अर्को जिल्ला हो, बारा । बारामा १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 



धनुषा, चितवन र भक्तपुरमा कोरोनाबाट १७–१७ जनाले ज्यान गुमाएका छन् ।

१५ जनाभन्दा बढीले ज्यान गुमाएको अर्को जिल्ला हो, ललितपुर । ललितपुरमा १६ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । महोत्तरी र बाँकेमा चाहिँ १२ जनाले ज्यान गुमाएका छन् ।



त्यस्तै, सुनसरी, सिरहा, मकवानपुर र कास्कीमा अहिलेसम्म ११–११ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

  • प्रकाशित मिति : असोज ९, २०७७ शुक्रबार १६:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया