परीक्षार्थीलाई अनिवार्य कोरोना परीक्षण नगराउन स्वास्थ्यको आग्रह

केही निजी कलेजले विद्यार्थीहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट नदेखाई परीक्षामा बस्न नपाउने निर्णय गरेपछि स्वास्थ्य मन्त्रालयले लक्षण नै नदेखिका कुनै पनि विद्यार्थीलाई पिसिआर परीक्षण नगराउन आग्रह गरेको छ । 

मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले निजी कलेजले विद्यार्थीलाई पिसिआर परीक्षण गराएर मात्र परीक्षाका लागि सहभागी गराउने निर्णय गरेको भन्दै त्यसो नगर्न उनले आग्रह गरेका हुन् ।

परीक्षाअगाडि विद्यार्थीलाई पिसिआर परीक्षण गराउनु कुनै पनि वैज्ञानिक आधारले पुष्टि नगर्ने भन्दै उनले निजी कलेजका निर्णय कार्यान्वयन नगर्न र नगराउन अनुरोध गरेका हुन् । 

तोकेका व्यक्तिबाहेकलाई परीक्षण गराउनु वा गर्न लगाउनु अवैधानिक मानिने मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १७:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया