दसैंको अग्रिम टिकट असोज २० देखि बुकिङ खोल्न प्रस्ताव
फाइल तस्बिर

यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दसैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दसैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दसैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ ।

व्यवसायीको घुमाउरो असहमति

सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले घुमाउरो रुपमा असहमति प्रकट गरेका छन् । उनीहरुले यसबारे थप छलफल हुनुपर्ने भन्दै सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग अघि सारेका छन् ।

सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशतभन्दा बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएको छ ।



तर, व्यवसायीहरुले विमानको हकमा यस्तो नियम नभएको भन्दै बसलाई पनि सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग गरिरहेका छन् । दसैंको अग्रिम टिकट बुकिङ खुल्नुअघि नै यो माग सम्बोधन हुनुपर्ने अडान व्यवसायीको छ ।

सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग पूरा नभई अग्रिम टिकट बुकिङ गर्नुको अर्थ नरहेको कुरा विभागमा प्रष्टसँग राखेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका एक पदाधिकारीले बताए ।



उनले यसबारे भौतिक पूर्वाधार मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र विभागमा जानकारी गराउने बताए । यही बेला व्यवसायीले सरकारलाई पत्र नै लेखेर आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याउन माग गरेका छन् ।

  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १७:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया