पिसिआर परीक्षणमा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारबाही गर्न गृहलाई स्वास्थ्यकाे पत्राचार

कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसबारे गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन् । 

सरकारले पिसिआर परीक्षणका लागि दुई हजार निर्धारण गरेको छ । तर, केही निजी प्रयोगशाला तथा अस्पतालले पिसिआर शुल्कबापत तीन हजार ८९९ लिँदै आएकाले उनीहरु कारबाहीको दायरामा आउने भएका हुन् ।

ती ल्याबले विज्ञप्ति नै बढी शुल्क लिने घोषणा गरेका थिए । सरकारले तोकेको शुल्कमा पिसिआर परीक्षण गर्न नसकिने उनीहरुको जिकिर थियो । 





  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार २०:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया