आफूलाई ‘काली’ भन्नेलाई शाहरुख खानकी छोरीको यस्तो जवाफ..

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहानाले आफूलाई काली भन्नेप्रति जवाफ दिएकी छिन् । सामाजिक सञ्जाल इन्टाग्राममार्फत् सुहानाले सामाजिक सञ्जालमा आफूलाई ‘काली, बिराली’ जस्ता कमेन्ट आएको भन्दै उनीहरुलाई एकसाथ जवाफ दिएकी हुन् । 

इंग्ल्याण्डमा फिल्म पढेकी सुहाना अहिले अमेरिकाको न्युयोर्क युनिभर्सिटीमा अध्ययन गरिरहेकी छिन् । सुहाना बलिउडमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत् रंगभेदको विषयमा आफ्नो अनुभवसहित धारणा सार्वजनिक गरेकी हुन् । 

सुहानाले छालाको रङ हेरेर प्रतिक्रिया जनाउनेप्रति आपत्तिसमेत जनाएकी छन् । उनले यो भारतीय समाजको विशेषता नै भएको भन्दै आफ्नो समुदायप्रतिसमेत आक्रोश व्यक्त गरेकी छन् । 

‘तपाईंले आफ्नै मान्छेलाई घृणा गर्नु भनेको पीडादायी रुपमा असुरक्षित हुनुहो’, सुहानाले लेखेकी छन्, ‘मलाई माफ गर्नुहोस् । सोसल मिडिया, इन्डियन समुदाय वा आफ्नै परिवारले तपाईंलाई विश्वस्त पारेको छ कि तपाईं पाँच फिट ७ इन्च अग्लो हुनुहुन्न भने तपाईं सुन्दर हुनुहुन्न ।’ 

सुहानाले आफ्नो उचाई पाँच फिट ३ इन्च र खैरो हुँदा एकदमै खुशी भएको प्रष्ट पारेकी छन् । ‘मलाई आशा छ, तपाईंलाई यो कुरा थाहा पाउँदा सजिलो हुन्छ । म पाँच फिट ३ इन्च र खैरो छु । म यसबारे एकदमै खुसी छु ।’ 

सुहानाले १२ वर्षकै हुँदा छालाको रङकै कारण आफूलाई कुरुप भनेको सम्झनासमेत गरेकी छन् । 



‘म जब १२ वर्षकी थिएँ, मेरो छालाको रङको कारण म कुरुप छु भनेर मलाई भनियो’, उनले भनेकी छन्, ‘दुखद कुरा के भने हामी सबै भारतीय हौँ, जुन स्वभाविक रुपमा खैरो देखिन्छ ।’  



  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार ११:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया