सी जिन पिङले गरे ट्रम्पको स्वास्थ्यलाभको कामना

चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

द ग्लोबल टाइम्सका अनुसार चिनियाँ राष्ट्रपति सीले कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । 

शुक्रबार कोरोना पुष्टि भएपछि ट्रम्प अहिले अस्पताल भर्ना भएका छन् । ट्रम्पमा लक्षण पनि देखिन थालेको छ । उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको जनाइएको छ ।





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १७:२१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया