‘जनताका समस्याभन्दा चुनाव हारेका व्यक्तिको व्यवस्थापनमा सरकार’

पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्न तर्फ केन्द्रित भएको बताएका छन् ।

कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको जनता समाजवादी पार्टीका नेता भट्टराईले बताए । विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाए । 

भट्टराईले पार्टी र सर्वोच्च अदालतको समेत यो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताए । महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको उनले बताए । उनले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको बताए ।





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १८:२१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया