कोरोनाबाट नेपालमा विश्वमै सबैभन्दा कम उमेरकी बालिकाको मृत्यु

कोरोनाभाइरसको प्रभाव पछिल्लो समय नेपालमा निकै बढ्न थालेको छ ।

केही दिन यता कम्तिमा पनि ७ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा पनि नेपालमा कोरोनाका कारण ७ जनाले ज्यान गुमाएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा आइतबार ७ जनाको निधन भएको हो । यीमध्ये ४ जना महिला र ३ पुरुष रहेका छन् । 

यीमध्ये ५ दिनकी बालिकाको पनि कोरोनाका कारण निधन भएको छ । उनी मकवानपुरकी हुन् । कोरोनाका कारण निधन सबैभन्दा कम उमेरमा निधन हुने यी बालिका सम्भवतः विश्वकै कान्छी बालिका हुन् । 

यसअघि इटालीमा ५ वर्षकी एक बालिका, अमेरिकामा ७ वर्षका एक बालकको मृत्युमा कम उमेरमा कोरोनाका कारण मृत्यु भएको भन्दै खोज तथा अनुसन्धानलाई थप बलियो बनाइएको थियो ।





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १९:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया