आज डिस्चार्ज हुनसक्छन् डोनाल्ड ट्रम्प

कोरोनाभाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार अस्पतालबाट डिस्चार्ज हुनसक्छन् । उनको उपचारमा संलग्न चिकित्सकहरुले यो जानकारी दिएका हुन् ।

यसअघि आइतबारमात्रै ट्रम्पको स्वास्थ्य थप खराब भएपछि उनलाई अक्सिजन र विभिन्न औषधी दिइएको थियो । तर, उनको स्वास्थ्यमा ठूलो सुधार आइसकेको भन्दै उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सहरुले बताएका हुन् ।

ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई शुक्रबार वाल्टर रिड अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई एन्टीबडी औषधी दिइएको थियो ।





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार ९:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया