झलनाथ खनालको ‘आमालाई श्रद्धाञ्जली’ अब भिडियोमा

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ३२ वर्षअघि निधन भएकी आफ्नी आमाको सम्झनामा लेखेको कविता अब भिडियोमा आएको छ । 

क्यान्सर रोगले पीडित खनालकी आमा मधुमाता खनालको २०४५ साल असार ३० गते ठूलो एकादशीको दिन निधन भएको थियो ।

उनको उपचारका लागि धेरै प्रयत्न गर्दा पनि निको नभएर आमाको मृत्यु भएपछि तत्कालीन मालेका महासचिव खनाललाई मर्माहित बने । यतिसम्म कि भूमिगत भएकै कारण उनी आमाको अन्तिम श्रद्धाञ्जलीमा उपस्थित हुन सकेका थिएनन् । 

सोही घटनाको सिलसिलामा आमालाई श्रद्धाञ्जली दिँदै पूर्वप्रधानमन्त्री खनालले सो कविता लेखेका हुन् । सोही कवितामार्फत उनले आफ्नो आमालाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए । 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १९:१३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया