नेकपा सचिवालय बैठक भोलि अपराह्न ४ बजे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको भोलि अपराह्न ४ बजे मंगलबार बस्ने भएको छ । 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबार भएको भेटमा बैठकको मिति तय भएको हो ।

यसअघि शनिबारका लागि बोलाइएको बैठक आइतबारका लागि सारिएकोमा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा संक्रमण पुष्टि भएपछि सो बैठक स्थगित गरिएको थियो ।

मंगलबारको बैठकमा यसअघि सरकारले गरेका नियुक्ति तथा सिफारिस, मन्त्रीपरिषद् पुनर्गठनलगायत एजेण्डामा छलफल हुने बुझिएको छ । 

बिहीबारको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्ति गरेपछि प्रचण्डसहितका सचिवालय सदस्यहरु ओलीसँग असन्तुष्ट छन्।

गत असोज ४ गतेको सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन मापदण्डबारे छलफल भएको थियो ।





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १९:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया