आइपिएल : शीर्ष स्थानमा उक्लिने दाउमा मुम्बई

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार हुने खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ । आजको खेलमा जित निकाल्दै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिने दाउमा छ । हाल मुम्बई ५ खेलमा ३ जित र २ हारको नतिजा निकाल्दै ६ अंकको साथमा दोस्रो स्थानमा छ । 

पछिल्लो खेलबाट ओपनर क्विनटन डिकक लयमा फर्किनु मुम्बईका लागि सकारात्मक पक्ष हो । उनले हैदराबाद विरुद्धको खेलमा ६७ रनको पारी खेलेका थिए । 
मुम्बईको ब्याटिङ लाइनअपमा कप्तान रोहित शर्मा, ईशान किसन र काइरन पोलार्डले उत्कृष्ट प्रदर्शन गर्दा बलिङमा ट्रेन्ट बोल्ट, जसप्रित बुम्राह र जेम्स प्याटिनसनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

समान ५ खेल खेलेका रोहितले २ अर्धशतकसहित १७६ र पोलार्डले १ अर्धशतक सहित १६३ रन बनाउँदा ईशानले ३ खेलबाट १ अर्धशतक सहित १५८ रन बनाएका छन् । समान ५ खेल खेलेका बोल्टले ८ तथा बुम्राह र प्याटिनसनले ७–७ विकेट हात पारेका छन् । 

सुरुवाती २ खेलमा सानदार प्रदर्शन गरेको राजस्थानले पछिल्ला दुई खेलमा भने लय गुमाएको छ । राजस्थान आजको खेलमा जित निकाल्दै आफ्नो अत्मविश्वास फर्काउने प्रयासमा छ । 

४ खेलमा समान २ जित र हारको नतिजा निकालेको राजस्थान ४ अंकको साथ पाचौं स्थानमा छ । पछिल्ला दुई खेलमा लय गुमाउनु राजस्थानका लागि चिन्ताको विषय हुन सक्छ ।

राजस्थानको बलिङ निकै कमजोर देखिएको छ । उसका लागि ४ खेलमा जोफ्रा आर्चर र राहुल टेवाटियाले समान ४ विकेट हात पर्दा टम करनले ३ विकेट हात पारेका छन् । 



पछिल्ला दुई खेलमा ब्याटिङ पनि चल्न नसकेको राजस्थानका लागि सञ्जु सामसनले ४ खेलमा २ अर्धशतक सहित १७१ रन बनाउँदा कप्तान स्टिभ स्मिथले समान खेलबाट २ अर्धशतक सहित १२७ रन बनाएका छन् । 

हालसम्म यी दुई टोलीबीच २३ खेल हुँदा दुबै टोलीले ११–११ खेल आफ्नो पक्षमा पारेका छन् । एउटा खेल भने विना नतिजा टुङ्गिएको छ । पछिल्ला ५ खेललाई हेर्ने हो भने राजस्थान बलियो स्थितिमा देखिन्छ । उसले ४ खेल आफ्नो पक्षमा पार्दा मात्र १ खेल गुमाएको छ । 




 

  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १६:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया