कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएको 
स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार प्रदेश १ को इलामका २, उदयपुरका ३, खोटाङका १, झापाका ४, ताप्लेजुङका १, धनकुटाका २, मोरङका २७, सुनसरीका १९ जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै, प्रदेश २ को धनुषाका १२, पर्साका २, बाराका २, महोत्तरीका १५, रौतहटका ६, सप्तरीका २, सर्लाहीका ७, सिरहाका १० जना थपिएका छन् ।  

बाग्मती प्रदेशअन्तर्गत काठमाडौँका ७८३, काभ्रेका २४, चितवनका ८१, दोलखाका १, धादिङका ५, नुवाकोटका ५, भक्तपुरका ११६, मकवानपुरका ६, रामेछापका २, ललितपुरका ११८, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशअन्तर्गत कास्कीका २, गोर्खाका २०, तनहुँका २, नवलपरासी पूर्वका १३, म्याग्दीका १, लमजुङका १, बागलुङका १, स्याङ्जाका ५ जना थपिएका छन् ।

लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीका २, कपिलवस्तुका २, गुल्मीका २, दाङका ३४, नवलपरासीका ९, पाल्पाका ४, प्यूठानका ६, बर्दियाका १, बाँकेका ३४, रुपन्देहीका ९६ रोल्पाका १ थपिएका छन् । 



कर्णाली प्रदेशअन्तर्गत कालिकोटका १०, दैलेखका ७, कालिकोटका १०, दैलेखका १०, रुकुम पश्चिमका ४, सुर्खेतका १ जना थपिएका छन् । 

सुदूरपश्चिमअन्तर्गत कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका १, डोटीका १, बझाङका १, तथा बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।



मनाङ, मुस्ताङ, सोलुखुम्बु, रुकुमपूर्व र डोल्पा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । 

  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १७:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया