आईपीएल : चेन्नई कोलकत्तासँग १० रनले पराजित

चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले दिएको १६७ रनको लक्ष्य भेट्न नसक्दा चेन्नई पराजित भएको हो । चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गरे उनले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले । 

सुनिल नारिन र पाट कुमिन्सले १७/१७ रन जोडे । कप्तान दिनेश कार्तिकले १२ रन जोड्दा सुबमान गिलले ११ रन बनाए । 

चेन्नईका लागि सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि जित दिलाउन सकेनन् ।

अम्बाती रायडु ३०, रविन्द्र जडेजा २१, फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट हुँदा केदार जाधबले अविजित ७ रन बनाए । 



जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । साविक विजेता चेन्नइले भने ६ खेलमा चार अंक जोडेको छ ।  



  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार ५:४१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया