logo-img

४३६४ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै २५४०

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या  ४३६४   रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर  ४३६४  जना कोरोना संक्रमित थपिएका हुन्।   


हालसम्म कुल संक्रमितको संख्या ९८६१७  पुगेको छ।



 काठमाडौँ उपत्यकामा  २५४० जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २०८५  भक्तपुरमा १३५ र ललितपुरमा  ३२० जना संक्रमित थपिएका छन ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २६६८४ छ । यसमध्ये संस्थागत आइसोलेसनमा ११७१७ र होम आइसोलेसनमा  १४९६७ जना संक्रमित रहेका छन्।

२४ घण्टामा पीसीआर परीक्षणको संख्या १४,४७३ रहेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २,६७५ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ७१,३४३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।



पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको  ५९०  संख्या  पुगेको छ । 

आईसीयूमा उपचाररत संक्रमितको संख्या  २३५  र भेन्टिलेटरमा ४२ जना संक्रमित छन् । 



 

  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया