वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ संस्थाको सूचीकरण खारेज

सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ वटा संस्थाको सूचीकरण खारेज गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै तोकिएको धरौटी नबुझाउने यस्ता ल्याबहरुको सूचीकरण खारेज गरेको हो । 

यसअघि मन्त्रालयले ती संस्थालाई समयमा धरौटी नबुझाउनुको कारण पेस गर्न माग गर्दै स्पष्टीकरण सोधेको थियो । ती संस्थाले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत उनीहरुलाई कारबाही गरेको हो । 

वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४६ बमोजिम विशेषज्ञ समितिको सिफारिसमा सूचीकरण खारेज गरिएको मन्त्रालयले जनाएको छ । 

कुन–कुन संस्था परे कारबाहीमा ?


 





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार २०:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया