कोरोनाभाइरसका कारण सरोज देवकोटाको निधन

कोरोनाभाइरस (कोभिड १९) का कारण नेपाल इन्जिनियर्स एसोसियसनका पूर्वअध्यक्ष तथा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसियसन नेपालका संस्थापक अध्यक्ष सरोज देवकोटाको निधन भएको छ । 

आइतबार विहान विपि स्मृति अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उच्च ज्वरोको समस्या देखिएपछि उनलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । 

देवकोटाको निधनले नेपाललाई ठूलो क्षति पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । देउवाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै देवकोटाको निधनले मुलुकले एक क्षमतावान वरिष्ठ इन्जिनियर गुमाएको आफूलाई महसुस भएको जनाएका छन् । 

देवकोटा नेपाली कांग्रेससँग नजिक मात्र थिएनन्, उनी प्रजातान्त्रि आन्दोलनमा पनि उत्तिकै सक्रिय थिए । 

देवकोटाको अन्तिम संस्कार आजै हुने र कोरोनाभाइरस संक्रमण भएकाले उनको शव व्यवस्थापनको जिम्मेवारी सेनालाई दिइएको जनाइएको छ । 





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १३:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया