चाडपर्वकेन्द्रित बजार अनुगमन उपसमिति गठन

चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै संसदीय समितिले चासो देखाएको छ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको बैठकले छठ पर्वसम्म बजार अनुगमनका लागि उपसमिति गठन गरेको हो । 

समितिका सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार चाडपर्वमा अधिकांश स्थानमा कालोबजारीमा वृद्धि हुने कुरालाई ध्यानमा राख्दै अनुगमनका लागि उपसमिति गठन गरिएको हो ।

चाडपर्वमा अधिकांश सांसदहरु जिल्ला फर्कने र सबैको ध्यान बजारतिर नपुग्ने हुँदा बजारको अवस्था तथा निरन्तर अनुगमनका लागि उपसमिति गठन गरिएको सभापति श्रीवास्तवले बताए । उनका अनुसार सो उपसमितिले प्रशोधित खानेपानी तथा नुनको मूल्यमा भएको वृद्धिलगायतका विषयमा अनुसन्धान गर्नेछ ।

उपसमितिमा नेकपाका दिलकुमारी र मायादेवी न्यौपाने, नेपाली कांग्रेसका प्रकाश रसाइली (स्नेही) र सुजाता परियार सदस्य रहेका छन् । एकजना सदस्य पछि चयन गरिने जनाइएको छ ।





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १९:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया