आइपिएल : दिल्लीको दोस्रो हार, मुम्बई शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग(आइपिएल) को यस सिजनमा दिल्ली क्यापिटल्सले दोस्रो हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्ससँग दिल्ली ५ विकेटले पराजित भएको हो । 

शेख जायद रंगशाला अबुधाबीमा भएको खेलमा दिल्लीले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङमा उत्रेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । १६३ रनको मध्यम लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाउँदै जित हात पार्‍यो । 

मुम्बईको जितका लागि क्वीटन डीकक  र सूर्यकुमार यादवले अर्धशतक बनाए । डीकक ले ३६ बलमा ५३ रन बनाउँदा यादवले ३२ बलमा समान ५३ रन बनाए । इशान किशनले १५ बलमा २८ रनको योगदान गरे । ५औँ ओभरमै मुम्बई कप्तानसमेत रहेका ओपनर रोहित शर्मा १२ बलमा जम्मा ५ रन बनाए  आउट भएका थिए । 

डीकक र सूर्यकुमार यावदले राम्रो साझेदारी गरे । १० औँ ओभरमा डिकक आउट भएपछि आएका इशान किशनले पनि आक्रामक प्रदर्शन गर्दै मुम्बईलाई जित नजिक पुर्‍याए । पछिल्लो ५ ओभरमा दिल्लीले ३ विकेट लिई मुम्बईका ब्याट्सम्यानलाई खासै चल्न नदिएपछि त्यो निकै ढिला भइसकेको थियो । दिल्लीका लागि कागिसो रबाडाले २ विकेट लिँदा रविचन्द्रन मार्कुस स्टोनिस र अक्सर पटेलले १–१ विकेट लिए । 

पहिले ब्याटिङ गरेको दिल्लीका लागि शिखर धावनले ६९ रनको योगदान गरे । कप्तान श्रेयर ऐय्यरले ४२ रन बनाए । अन्यले गतिलो योगदान गर्न सकेनन् । 
मुम्बईका लागि क्रनल पाण्डेयले २ र ट्रेन्ट बोल्टले १ विकेट लिए । 

हिजोको खेलमा दिल्लीले टोलीमा केही परिवर्तन गरेको थियो । विकेटकिपर श्रषभ पन्तको ठाउँमा विकेटकिपरका रुपमा अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीलाई समावेश गरेको थियो । मध्य क्रमका ब्याट्सम्यान सिम्रोन हटमायरलाई हटाएर अजिन्का रहानेलाई टोलीमा समेटेको थियो । 



जितसँग मुम्बई १० अंकमा साथ शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएका दिल्ली रनरेटमा पछि परेका कारण दोस्रो स्थानमा छ । 



  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार ७:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया