क्यान्सरसँगै कोरोना संक्रमण देखिएकी महिलाको घरमै मृत्यु
फाइल फोटो

कोरोना संक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु  भएको छ ।  कञ्चनरुप नगरपालिका–२ बरमाझियाकी ४६ वर्षीया महिलाको बिहीबार घरमै मृत्यु भएको  स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। 

स्वास्थ्य कार्यालयका अनुसार क्यान्सर रोगबाट पीडित रहेकी ती महिलालाई  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएको थियो । 

क्यान्सरको समस्याबाट समेत गम्भीर अवस्थामा पुगेकी संक्रमित महिलालाई अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो । बिहीबार बिहान घरमै महिलाको मृत्यु भयो । 





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १३:१०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया