दसैं लाग्यो : बजारमा चहलपहल देखिए पनि व्यापार छैन

दसैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिए पनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्युरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दसैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ । कोरोना संक्रमणको जोखिम भए पनि मानिसहरु आवश्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् । जसका कारण मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ ।

बजारमा मानिसहरुको आवागमन बढेको भए पनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । न्युरोड मखनटोलस्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारी पलायन हुने स्थितिमा पुगेको बताए । कोरोना रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उनले गरे ।

अहिले व्यवसाय खुला भए पनि तीनचार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उनले बताए । दसैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताए ।

कोभिड संक्रमणको जोखिमका कारण भिडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ । यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिँदैन । त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको उनीहरुको भनाइ छ ।

 





  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १४:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया