काठमाडौं । अब देशभरका सबै अस्पतालले कोभिड बिरामीको उपचारका लागि कम्तिमा ५० प्रतिशत बेड छुट्याउनु पर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।
यसअघि गरिएको निर्णयमा निजी, सामुदायिक र सहकारी अस्पतालमा २० प्रतिशत शय्या र मेडिकल कलेजहरुले ३३ प्रतिशत शय्या कोभिडका लागि छुट्याउने निर्णय भएको थियो ।
सो निर्णय परिवर्तन गरी सबै अस्पतालले कम्तिमा ५० प्रतिशत शैय्या कोभिडका लागि छुट्याउनु पर्ने निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । आइसीयू, भेन्टिलेटर सहितका पूर्वाधार पनि सोही अनुपातमा कोभिडका लागि छुट्याउनु पर्ने उनले बताए
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।