खाद्यमा लाग्यो खसीबोका किन्नेको भिड

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको विक्री सुरु गरेसँगै खरिद गर्नेहरुको भिड लागेको छ ।

कम्पनीले कात्तिक ३ गतेदेखि सहुलियत दरमा खसीबोकाको बिक्री सुरु गरेको हो । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट दसैंका लागि खसीबोका विक्री वितरण सुरु गरेको छ । कम्पनीले जिउँदो खसीबोकाको प्रति केजी ५६० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ५५० रुपैयाँमा बिक्री गरिरहेको छ ।

बजारमा प्रतिकेजी ६ सयदेखि ६५० रुपैयाँ प्रतिकेजी सम्म पर्ने खसीबोका ५५० रुपैयाँमै पाउने भएपछि उपभोक्ताहरुको भिड लागेको छ । खसीबोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दसैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।

यसपटक कोरोना संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसीबोका बिक्री गर्न लागिएको पनि कम्पनीले बताएको छ । यसवर्ष २ हजारको संख्यामा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याई बिक्री गर्ने योजना बनाए पनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार खसीबोका मात्रै बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसपटक च्याङ्ग्रा भने बिक्रीमा राखेको छैन ।

 





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १५:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया