महामारीकै बीचमा सम्भव होला नेकपा केन्द्रीय कमिटी बैठक ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेकपाले बैठक आयोजना गर्दा अहिले कोभिड–१९ बाट दैनिक दुई हजार मानिस काठमाडौं उपत्यकामा सङ्क्रमित  छन् । यस्तो स्थितिमा केन्द्रीय कमिटी बैठक होला त ?

गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवादलाई समाधान गर्दै मन्त्रिमण्डल पुनर्गठन, केन्द्रीय कमिटी बैठक र एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेको थियो । त्यही निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको नेकपा अहिले तेस्रो केन्द्रीय कमिटीको तयारीमा पनि जुट्नुपर्ने अवस्था छ ।

केन्द्रीय कमिटी बैठक हुन अब १२ दिन मात्र बाँकी छ । उक्त बैठक हुने, नहुने अझै निश्चित छैन । नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बैठकको तयारी गरिए पनि यही अवस्थामा बैठक गर्न गाह्रो हुने बताए । ‘नेताहरु स्थायी कमिटीको बैठकको म्याण्डेटअनुसार अघि बढिरहनुभएको छ । त्यसैअनुसार केन्द्रीय कमिटी बैठकको  मिति तोकिएको छ,’ उनले भने, ‘तर, अहिले उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले बैठक राख्न गाहो हुन्छ कि ?’  उनले बैठक सरेको निर्णय नभएकाले आवश्यक तयारी आफूहरुले गरेको बताए । 

केन्द्रीय कमिटी सदस्य ४४७ जनासहित सुरक्षाफौज र बैठक व्यवस्थापन गर्न कम्तीमा तीन हजार जनशक्ति आवश्यक पर्न जान्छ । मुलुकभरि एक लाख ३२ हजार २४६ र काठमाडौंमा मात्र ५५ हजार ३८७ जनामा सङ्क्रमण देखिएको छ । ‘बैठक सरेको छैन । शीर्ष नेताहरु भर्चुअल बैठक गर्ने कि भन्ने सोचमा हुनुहुन्छ,’ उनले भने, ‘स्थिति हेरेर बैठक बस्ने, नबस्ने टुंगो लाग्छ ।’  

बैठक बस्ने निश्चित नभएको र स्थलको पनि यकिन गरिएको छैन । अघिल्लो वर्ष नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक गत माघमा राष्ट्रिय सभागृहमा बसेको थियो । नेकपा स्थायी कमिटी सदस्य मणि थापाले बैठकबारे औपचारिक जानकारी अझै आइनसकेको बताए ।  उनले कोभिडका कारणले बैठक के हुन्छ भन्न नसकिने जनाउँदै बैठकको देखिने गरी तयारीसमेत नभएको बताए । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सरेको जानकारी अझै आइनसकेकाले बैठक हुनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार २१:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया