संक्रमितको उपचार निःशुल्क गर्दै प्रदेश सरकार
फाइल तस्बिर

केन्द्र सरकारले कोरोना संक्रमितको उपचारको शुल्क लिन थाले पनि केही प्रदेशले भने उपचार निःशुल्क गर्ने भएका छन् । 

बाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको सार्वजनिक गरेका हुन् । 

गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ। 

प्रदेश सरकारले नागरिकप्रतिको दायित्व पूरा गर्नबाट पछि नहटेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

अहिलेसम्म कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको र यो सेवा निरन्तर रहने उनको भनाइ छ । 

यस्तै बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड-१९ को निःशुल्क उपचार भइरहेको बताएको छ ।



मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार  प्रदेश सरकारको मातहतमा रहेका सबै अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको छ ।

उनका अनुसार मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको हो। 



मंगलबार मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था यथावत रहेको बताएका थिए । केन्द्र सरकारले संक्रमितले आफै उपचार गर्नुपर्ने बताएपछि चौतर्फी विरोध हुँदा प्रदेश सरकारले निःशुल्क उपचारलाई निरन्तरता दिएका हुन् । 

  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार ८:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया