स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी दिँदै विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम
फाइल तस्बिर

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनताको स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी दिँदै सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

कोरोना परीक्षण र उपचारको शुल्क लिने निर्णय गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइराखेको बेला विप्लवले जनताको स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी दिँदै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

केही व्यक्तिको आम्दानीका लागि सरकारले जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप विप्लवको छ । 

वर्तमान सरकार जनता र राष्ट्रपति गैरजिम्मेवार बनेको आरोप विप्लवको छ । उनले सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय अझै जटिल बन्दै गएको बताएका छन् । 

कोरोनाको निःशुल्क परीक्षण नगरेर सरकारले मानवीय व्यवहारसमेत प्रदर्शन नगरेको ठहर उनको छ । 

‘राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्‍याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ ।’



सत्ताको आडमा भ्रष्टाचार बढेको भन्दै विप्लवले कात्तिक १५ गतेदेखि २० गतेसम्म सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लवले सरकारविरुद्ध घोषणा गरेका आन्दोलनका कार्यक्रममा कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने रहेका छन्। 



  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार ११:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया