भारतमा घट्दै कोरोना संक्रमित, २४ घण्टामा थपिए ५४ हजारमात्र

भारतमा पछिल्लो केही दिनदेखि कोरोना भाइरस संक्रमितको संख्या बाट दैनिक घट्दै गइरहेको छ । 

कोरोना भाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक संख्यामा केही समयदेखि कमी हुँदै आइरहेको तथ्यांकमा उल्लेख छ । दैनिक करिब एक लाखसम्म संक्रमित भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्यांकमा देखिएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ४४ जना संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ७६ लाख ५१ हजार १०८ पुगेको मन्त्रालयको तथ्यांक छ । भारतमा हाल सात लाख ४० हजार ९० जना अझै संक्रमित संक्रमित छन् । 

संक्रमित भएर पनि निको भइसकेकाको कुल संख्या ६७ लाख ९५ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, भारतमा कोरोनाका कारण कुल मृतकको संख्या एक लाख १५ हजार ९१४ रहेको तथ्यांकमा उल्लेख छ । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १४:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया