आज नेपालमा कोरोनाका चार रेकर्ड
फाइल फोटो

 आज नेपालमा कोरोना संक्रमण र मृत्युमा नयाँ रेकर्ड बनेका छन् । देशभर थपिएका संक्रमित र काठमाडौं उपत्यकामा तीन जिल्लामा थपिने संक्रमितको संख्या अहिलेसम्मकै उच्च रहेको छ । त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्ला २४ घण्टामा देशभर २६ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या पनि हालसम्मकै उच्च रहेको छ । 

पछिल्लो २४ घण्टाका रेकर्ड

पिसिआर परीक्षण संख्या : २०, ११८
देशभर थपिने संख्या : ५,७४३
काठमाडौं उपत्यकामा थपिने संख्या : ३,१०७
मृत्यु हुने संक्रमितको संख्या : २६ 

नेपालमा हालसम्म कुल संक्रमितको संख्या  १ लाख ४४ हजार ८७२ पुगेको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १६:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया