घटे उपत्यकामा किसानले ल्याउने खसीबोका

काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण यसपटक किसानहरूले पर्याप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरूले सिधै खसीबोका ल्याएर बिक्री गरेका छन् ।

दसैंको फूलपातीको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरूले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ । तर, यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरूले बताएका छन् । कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए ।

यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री-वितरण अनौपचारिक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भिड लाग्ने गरेको छ । तर, यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भिड पनि देखिएन । धेरै वर्षदेखि काठमाडौंमा यसैगरी दसैंको समयमा खसीबोका बिक्री गर्दै आएका किसानहरूले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र पर्याप्त मात्रामा नपाइएका कारण ग्राहकले गत वर्षभन्दा बढी मूल्य तिर्नुपर्ने बताए ।

काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका बिक्री गर्दा पशु चौपायाको बिक्री गर्दै आएका विभिन्न व्यावसायिक संस्थाहरुले भने विरोध गरेका छन् । तर, काठमाडौंका ग्राहकले सिधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् । किसानहरू काठमाडौंमा षष्ठीका दिन खसीबोका ल्याउँछन् र नवमीसम्म बिक्री गर्छन् । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १५:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया