प्रधानमन्त्रीले दिएको दशैंको शुभकामना र जनताले चाहिँदैन शुभकामना भनेको दिन

नेपालीहरुको सबैभन्दा ठूलो चाड पनि मानिने दशैंको आज सातौं दिन हो । १५ दिनको यो चाडवाड कोरोनाभाइरस महामारी हुँदैनथ्यो भने निकै उल्लास र उत्साहका साथ अहिले मनाइएको हुन्थ्यो ।

तर, अहिले विश्व महाव्याधिका कारण दशैं पनि सुनसान बनेको छ । 

सुनसान नै किन नहोस्, यो दशैंमा पनि यसअघि जस्तै शुभकामना आदन प्रदान चाहिँ भइरहेको छ । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज शुक्रबार विहान देशवासीलाई शुभकामना दिएका छन्, बडा दशैंको । दशैंमा प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन्, सामाजिक सन्जालमा एउटा तस्वीर राखेर । 

प्रधानमन्त्रीको यो शुभकामनाको तस्वीरमा राखिएको नेपालको निशान छाप भने पुरानो नै परेको छ । पुरानो अर्थात् यसमा राखिएको छैन, नेपालको नयाँ नक्सा । 

लामो समय पछि भारतले अतिक्रमण गरेको नेपालको भूमि नेपाली नक्सामा समेटिएको थियो । यो नेपालको नयाँ नक्सालाई संसदबाट पनि पारित गरिएको छ । तर, प्रधानमन्त्री ओलीले दिएको शुभकामनामा प्रयोग गरिएको निशाना छापको नेपाल नक्सामा नेपालमा अब समेटिएको लिम्पियाधुरा क्षेत्र देखिएको छैन । 

लिम्पियाधुरा नभएको नक्सा राखेपछि प्रधानमन्त्री ओलीको शुभकामना नचाहिने तर नेपालको सही नक्सा प्रयोग भएको हुनु पर्ने माग सामाजिक सन्जालमा नै पनि उठेको छ । सामाजिक सन्जालमा प्रयोगकर्ताहरुले आफ्नो भूमि गुमाइएको शुभकामना अहिले नेपाललाई नचाहिने प्रतिक्रिया दिएका छन् । 



हेर्नुहोस्, प्रधानमन्त्री ओलीले दिएको शुभकामना र त्यसमा आएका प्रतिक्रियाः
 



  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १५:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया