भएन हाँसको बिक्री, दसैं मनाउनै समस्या

कोरोना संक्रमणको जोखिमका कारण यसपटकको दसैंमा हाँसको व्यापारमा पनि असर परेको छ ।

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरूले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरू नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए ।

वीरगन्जदेखि काठमाडौंको सुन्धारामा हाँस बिक्रीका लागि आएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताए । गत वर्ष १५० भन्दा बढी हाँस बिक्री गरेका साहले यसपटक २०-२५ वटा सम्म पनि बिक्री गर्न नसकेको बताए । हाँस नै बिक्री गर्न नसकेपछि दसैं मनाउन समेत समस्या हुने उनको भनाइ छ । आफूले ल्याएका सबै हाँस कम मूल्यमा बिक्री गरेर भए पनि दसैं मनाउन वीरगन्ज फर्किनुपर्ने बाध्यता भएको पनि साहले सुनाए ।

यस वर्ष हाँसको मूल्य पनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य ८ सयदेखि १ हजार रुपैयाँसम्म रहेको थियो । तर यस वर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँभन्दा माथि छ । त्यसैले पनि हाँस बिक्री नभएको हुनसक्छ ।

यस्तै काठमाडौं उपत्यकामा दसैंमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँसको खोज्ने प्रचलन रहेको छ । त्यसैले पनि दसैंका बेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ । तर यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशु पन्छीको व्यापार कम भएको छ । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १८:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया