कुभिण्डोको मूल्य घट्यो

बजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ ।

कोभिड संक्रमणको जोखिमका कारण मठमन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् । नवरात्रिमा मन्दिर गई कुभिण्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ । तर, श्रद्धालुहरुका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दसैंमा कुभिण्डोको माग घटेको छ । 

खासगरी नवरात्रिको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि नदिनेहरुले कुभिण्डो बलि दिनका लागि प्रयोग गर्ने चलन रहेको छ । तर, यस वर्ष कोभिड संक्रमणका कारण मठमन्दिर लगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिण्डोको माग घटेको हो । माग घटेपछि मूल्य पनि घटेको छ । गत वर्ष एउटा कुभिण्डो झण्डै ४ सय रुपैयाँमा बिक्री भएको तर यस वर्ष सयदेखि १५० रुपैयाँमा पनि बिक्री हुन नसकेको व्यापारीहरुले बताएका छन् । 

काठमाडौंको आरएनएसी क्षेत्रमा पुग्दा व्यापारीहरुले सडकमा कुभिण्डो बिक्रीका लागि राखेको देखिन्छ भने कुभिण्डो किन्नेहरु देखिँदैनन् । अघिल्लो वर्ष दुई तीन सयको संख्यामा कुभिण्डो बिक्री भएको तर अहिले १०/१५ वटा पनि बिक्री नभएको गुनासो व्यवसायीहरुको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १५:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया