कोरोना संक्रमणका कारण नबिल बैंकका पूर्वअध्यक्ष पौड्यालको निधन

कोरोना संक्रमणका कारण नबिल बैंकका पूर्वअध्यक्ष शम्भुप्रसाद पौड्यालको आइतबार निधन भएको छ । 

कोरोना संक्रमण भए पछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको र पछि ह्याम्स अस्पतालमा सारिएको थियो । 

ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले पौड्यालको निधनबाट नबिल बैंकले एकजना पिलर गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका पौड्याल २०४२ सालदेखि नबिल बैंकका सञ्चालक थिए । उनी राष्ट्रिय बिमा संस्थानको कार्यकारी अध्यक्ष समेत भएका थिए ।  





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १९:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया