साहरुखलाई प्रशंसकको प्रश्न– अब ५० वर्षपछि गर्ने हो नयाँ फिल्मको घोषणा ?

बलिउड सुपरस्टार साहरुख खानले लामो समय भइसकेको छ, नयाँ फिल्ममा काम गर्ने घोषणा नगरेको । सन् २०१८ मा जिरो फिल्ममा काम गरेपछि साहरुख खानले नयाँ फिल्मको घोषणा गर्न पाएका छैनन् । 

यहीबीच अब उनका प्रशंसकलाई जिज्ञासा लाग्न थालेको छ– के अब साहरुखले कुनै फिल्म गर्ने छैनन् ? 

त्यसैले त अहिले सामाजिक सन्जालमा उनलाई प्रशंसकहरुले सोध्न थालेका छन्– के अब ५० वर्षसम्म पनि नयाँ फिल्मको घोषणा नगर्ने हो ? 

यस्तो प्रश्नमा साहरुखले जवाफ पनि दिएका छन् । उनले भनेका छन्– मेरो जीवन त अब फिल्म खेल्दा खेल्दै ५० वर्षभन्दा बढी भएको छ, कामना गर्छु कि तपाईं फिल्म हेर्दै ५० वर्ष कटाउनुहोस् । उनको यो जवाफलाई उनका प्रशंसकले खुब मन पराएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार ९:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया